Happy Valentine Day. (Valentine Special) 

हामी कसैलाई प्रेम किन गर्दछै किनकी उसको कुनै गुणको या मित्रता र आफ्नोपनको कारण । आफ्नोपन महसुस नगरीकन केबल उसको कुनै गुणको लागी कसैलाई प्रेम गर्न सक्दछै । यस्तो प्रेमले खाली प्रतिस्पर्धा र इष्य मात्र जन्माउदछ । तर जव प्रेम आत्मियताको कारणा हुन्छ त्यस्तो अवस्थामा प्रतिस्पर्धा र इष्य हुदैन । जव हामि कसैलाई उसको गुणको कारण चहान्छै र उसको गुणमा परीवर्तन आउदछ या जब हामी उसको गुणको आदी हुन्छै हामो प्रेममा पनि परिवर्तन आउछ । परन्तु यदी प्रेम आफ्नोपनको भावले आउछ किनकी उ हामो आफ्नो हो उ मेरो हो अव प्रेम जन्म-जन्मान्तर सम्म रही रहन्छ, चाहे उसले हामीलाई प्रेम गरोस वा नगरोस । मानिसहरु भन्ने गर्दछन, म इश्वरसंग पेम गर्दछु किनकी उहाँ महान हुनुहुन्छ तर पछि यो थाहा भयो की इश्वर सधारण छन् हामी जस्तै सामान्य ब्यक्ति तव हाम्रो इश्वरसंगको प्रेम पनि समाप्त भएर जान्छ । तर यदी हामी इश्वरसंग यसकारणा प्रेम गर्दछै किनकी उहाँ हामो आफ्नो हुनुहुन्छ त्यसपछि इश्वर जस्तो भएपनि रचना या बिनाश, जे गरेपनि हामी उहालाई प्रेम गर्दछै । आफ्नोपनको प्रेम स्वयंको पति प्रेम समान छ ।  

पश्नः कुनै ब्यक्ति स्वयंलाई प्रेम किन गर्दैनन् ।

होइन, सत्य बिलकुल यसको बिपरीत छ । उ स्वयंलाई यति धेरै माया गर्दछकी उ आफ्नोलागी आफुमा सवैभन्दा रामो गुण चहान्छ, आफ्नो रामो छबी चहान्छ, जस्तो छ त्यो भन्दा रामो प्रतित हुन चाहान्छ । आफ्नो गुणको लागी यो प्रेम उ आफैलाई स्ययं प्रति कठोर बनाउछ । यदी प्रेम ब्यक्तिको गुणमा आधारित छ तब त्यो प्रेम स्थायी हुन सक्दैन । केही समयपछि गुणमा परिबर्तन आउछ त्यो प्रेम पनि डगमगाउछ । कसैलाई उसको महानता या बिशिष्ठताको लागि प्रेम गर्नु तेस्रो दर्जाको प्रेम हो । कसैसंग यो कारण प्रेम गर्नु किनकी उ हाम्रो आफ्नो हो चाहे महान छ वा छैन, निष्काम प्रेम हो । 

 BY- Ravi Shankar (Translated from Celebrating Salience)

del.icio.us Reddit Slashdot Digg Facebook Google Windows Live Furl Yahoo Bloglines Bookmark.it Ask Diggita Spurl Wink LinkaGoGo

पतञ्जली आफ्नो योग सूत्रमा भन्छन्, ‘चित्त वृत्तिको निरोध नै योग हो अर्थात मन विचारशून्य हुनु नै योग हो।विचारहरूको समूह मन हो । जब विचारहरूको बादल चित्तबाट हराउछ, यस्तो अमनी अवस्थामा साधकलाई आफ्नो स्वरुपको दर्शन हुन्छ । यही स्वरुपको दर्शन नै आत्मा साक्षात्कार या समाधि हो । सबै आध्यात्मिक दर्शन तथा साधनाको अन्तिम गन्तब्य यही निर्विचार चित्तको प्राप्ति हो । तर यस्तो अमनी दशा कसरी प्राप्त गर्ने - चित्तलाई वृत्तिहरूको विक्षेपबाट कसरी मुक्त गर्ने - आत्मरुपान्तरण तथा साधनामा लागेका साधकहरूको लागि यो एक यक्ष प्रश्न र जटिल चुनौतीको रुपमा अनादिकाल देखि खडा छ ।

पतञ्जलीले योगदर्शनको समाधिपाद अर्न्तर्गत १२औं श्लोकमा यसको समाधान यसरी राखेका छन्

अभ्यासवैराग्याभ्यां तन्निरोधःअर्थात अभ्यास र वैराग्यद्वारा चित्तवृत्तिहरूलाई निरोध गर्न सकिन्छ ।

अभ्यास हो निरन्तर आन्तरिक साधना । मनुष्य जस्तो छ त्यसै हुनु एकमात्र विकल्प होइन, अरु धेरै विकल्प, स्थिति र संभावनाहरू छन् । हामी अहिले जे छौं त्यो अतितको अभ्यासले नै छौं र हाम्रो भविष्य त्यही हुनेछ जसको अभ्यास हामी अहिले गछौं । आध्यात्ममा व्यक्ति सच्चारुपले तबसम्म लाग्दैन जबसम्म उसले संसारमा ठूलो ठक्कर खादैन । यही ठक्कर खाएको विषादपुर्ण अवस्थामा मात्रै मानिसभित्र वैराग्यको जन्म हुन्छ । वैराग्य हो - संसारप्रति रागको अभाव । इन्द्रियहरूको सामान्य आकर्षण बाहिरको सुख प्रति हुन्छ र हामी सबै बाहिर नै सुख खोजिरहेका हुन्छौं । तर संसारको एउटा शास्वत नियम के छ भने जो व्यक्ति या वस्तुबाट हामी जति सुखको आकांक्षा गछौं अन्ततः त्यसबाट हामी त्यति कै दुःख पाउछौं । सुखको खोजमा बारम्बार दुःख पाउदा अनेक चोटि वैराग्य पनि उठ्छ । तर त्यो वैराग्यलाई स्थायी बनाउन हामी कुनै प्रयास गर्दैनौं । मन सधै झैं सुखको नयाँ कल्पनामा रमाउन थाल्छ । सामान्य जीवनमा एक पुरुषले एक स्त्रीबाट दुःख पाउनासाथै अर्की स्त्रीबाट त सुख पाइएला भन्ने आशा उसको मनमा तुरुन्तै पलाउछ । त्यसबाट पनि विशादै हात लागे पनि मन फेरी अर्को खोजीमा लाग्न थाल्छ । मनले भन्छ - यसपालि त यसबाट दुःख पाइयो तर अब भने अर्कैबाट जरुर सुख पाउछु । यसप्रकार बारम्बार अनुभवमाथि आशाको विजय हुन्छ । यसरी हामी सुखको आशा र दुःखको विषादपुर्ण वास्तविकताको दुष्चकबाट कहिल्यै बाहिरिन सक्दैनौं । मनले बारम्बार धोका खादा खादै हाम्रो जीवन समाप्त हुन्छ ।

ययातिको पुरानो कथा ।

ययाति एक सम्पन्न राजा थिए । उनका अनेक सुन्दर पत्नि र पुत्र थिए । ययाति सय वर्षपुगेपछि उनलाई लिन काल आइपुग्यो । काल लिन आएको देखेपछि ययाति भयले काम्न थाले । काललाई उनले अनुनय विनय गर्न थाले, ‘मेरो त पुरै जीवन यो राज्यको विस्तार र संरक्षण मै बित्यो । मैले राम्रोसंग जीवनलाई भोग्न पाएकै छैन । मलाई अरु बाच्न देउ म तिमीलाई धेरै सुन, जवहरात र धन्यधान दिन्छु, तर मलाई नलैजाउ ।मृत्युदेवले हास्दै भने, तिमो धन लिएर मैले के गर्नु, मेरो लोकमा त्यो चल्दैन । म त तिमो जीवन लिन आएको हु । तिमो सट्टा कोही अरु मसंग जान तयार छ भने त्यसको शेष आयुम तिमीलाई थपिदिन्छु ।ययातिमा झिनो आशा पलायो र उनले आफ्ना सेवक, दरवारी र कुटुम्बतिर हेरे । सबैले आफ्नो दृष्टि झुकाए । ययाति छक्क परे । हिजोसम्मतपाईंको लागि जीवनपनि दिन तयार छुभन्ने व्यक्तिहरू पनि साच्चे नै मृत्यु आउदा कोही अगाडि आउन मानेनन् । ययातिले आफ्नी महारानी र राजकुमारहरू तिर हेरे । जेठा पुत्र पच्हत्तर नाघी सकेका थिए । पिताको सेखपछि आफू राजा हुने सपना साचेका युवराज किन मर्न चाहान्थे - यसरी कोही पनि उनलागि यमराजसंग जान मानेनन् । तर यो देखी राजाका कान्छा १६ वर्षा छोरा अगाडि आए र यमराजतिर हेर्दै भने, ‘मलाई लानुस् र मेरो शेष आयु पितालाई थपिदिनुस ।यमराजले छक्क पर्दे भने, ‘तिम्रो प्रौढ दाजुहरू त मसंग जान तयार छैनन्, तिमी त कलिलै छौं तिमीले जीवन देखेका छैनौ, संसार भोगेका छैनौं, किन मर्ने इच्छा गर्र्छौ - ती राजकुमारले जवाफ दिए, यही देखेर त म जान तयार भएको हु, जब यतिका वर्षभोगेर पनि मेरा पिता र दाजुहरूको भोग पुगेको छैन भने मै अरु बाचेर के तृप्त हुन सकौला - त्यसकारण भोगको यो कहिल्यैपनि तृप्त नहुने दौडमा लाग्नु सट्टा आफुलाई जन्म दिने पितालाई नै अतिकति भएपनि खुसी गरेर जाऊ कथा छ, यमराजले यी नवयुवकलाई साथ लगे र उनको बाँकी जीवन ययातिलाई दिए ।

थपिदिएको आयु शेष भएपछि यमराज फेरि ययातिलाई लिन आए । यमराजलाई देखी ययाति छक्क परे, ‘यति छिटै फेरि लिन आएको - मैले त केही गर्नै मौकै पाएको छैन । भोग सबै बाँकी नै छन् ।यो बीचमा ययातिका अरु धेरै पुत्रहरू भै सकेका थिए । यमराजले फेरी त्यही कुरा भने, ‘ठिक छ, तिमी आफै जान तयार छैनौ भने तिम्रो सट्टा केही मसंग जानु पर्छ ।फेरि एक युवा पुत्र यमराजसंग जान तयार भए । सामान्यतः युवा अवस्थामा साहस र जागर हुन्छ र त्यसैबेला वैराग्य पनि संभव हुन्छ । तर जतिजति उमेर ढल्किदै जँन्छ जीवनप्रति मोह र तृष्णा बढदै जान्छ र वैराग्य कठिन हुदैजँन्छ । यसप्रकार दश चोटि यो प्रकरण दोहोरियो । तापनि ययातिको वासना तृप्ति भएन, उनलाई भोग्न पुगेन । अन्त्यमा यमराजले नै भन्नुपर्यो, ‘अब त अति भो, यतिका वर्षमैले समय दिए अब त तपाईंको भोग तृप्त हुनुपर्ने -’ ययातिले भने, ‘जति जति मैले भोग्दै आइरहेको छु, र शरीर वृद्ध हुदै गइरहेको छ मेरा भित्री वासनाहरू त्यति त्यति नै अझ प्रबल र युवा भएर आइरहेका छन् ।ययातिको यो कथा यथार्थ नहोला तर परम सत्य भने अवश्यै हो । यो हामी सबैको आत्मकथा हो । मृत्यले मौका दिए हामी सबै ययाति नै बन्छौं । यही नै हो संसारको माया । आर्श्चर्य लाग्दो कुरा त के भने सुखको यति तानाबाना बुन्दाबुन्दै दुःख नै मात्रै हात लागेपनि मानिसमा मनको यस्तो प्रपंचप्रति कहिल्यै संशय जाग्दैन । जसले मनको यो प्रपंच देख्न थाल्छ, उसको जीवनमा वैराग्यको उदय हुन्छ । वैराग्यको निरन्तर चिन्तन, मनन र त्यस अनुरुपको सतत् अभ्यास नै मुक्तिको मार्ग हो ।

By: SW Anand Arun

del.icio.us Reddit Slashdot Digg Facebook Google Windows Live Furl Yahoo Bloglines Bookmark.it Ask Diggita Spurl Wink LinkaGoGo

reincaranation photo

I do not deal in theories. I am a simple man, not a theoretician. A theoretician is a great thinker. He knows nothing about reality, but he goes on creating theories about it. His whole life he goes around and around, and the truth, reality, is just at the center. But the theoretician is skilled in beating around the bush.

The moment you start trusting somebody else, you stop inquiring on your own. And I would not like you to stop your own individual inquiry. For thousands of years this is how man has been deceived and exploited. I want to destroy that whole strategy at its very roots. Trust only your own experience. It does not matter whether I say yes or no. What matters is whether you have experienced it or not. That is going to be decisive, that is going to transform your life.

There are three religions — Judaism, Christianity, Mohammedanism — which have taken a negative stand on the theory of reincarnation. They say it is not true.

This is a negative belief. Parallel to these three there are three religions — Hinduism, Buddhism, Jainism — which have taken a positive attitude. They say yes, reincarnation is a reality. But that is also a belief, a positive belief.

My approach is a third one, which has not been tried up to now. I say accept the theory as hypothetical, neither saying yes nor saying no. Accepting it as hypothetical means, “I am ready to inquire into it with no prejudice, positive or negative. I am ready to go into it without any preconceived idea, to see what is the truth.”

Religions have not used the word hypothesis at all. Either you are a believer or you are a non-believer. The non-believer is also a believer, only negatively. They are not qualitatively different, they are the same type of people. When you take a negative belief or a positive belief, your mind has already decided; before knowing, before experiencing, you have already decided what the truth is. This I call insincere, dishonest. And once you accept something negatively or positively, it is a capacity of the mind to create the hallucination of your belief.

In Mohammedans, in Christians, in Jews, you will not find children born who remember their past lives. But in Hinduism, Jainism, Buddhism almost every day, somewhere some child remembers his past lives. People have tried to see whether his remembrance has any facts behind it or if it is just imagination. And so many cases have been found in which the facts were clearly in support of it.

In India it happens almost every day, in one place, in another place, there is a child who remembers. And no Hindu, no Buddhist, no Jaina is really going to inquire into it, because they are afraid their theory may prove wrong. But you cannot do that in a Christian country, in a Jewish community, in a Mohammedan land, because they have accepted that this kind of thing is absolutely unreal.

As far as I am concerned, reincarnation is a reality. It is my own experience. But what is truth to me becomes theory to you. And I don’t want my truth to be your theory. That’s why I said: I don’t deal in theories, in beliefs. My profession is truth.

- BY Osho

del.icio.us Reddit Slashdot Digg Facebook Google Windows Live Furl Yahoo Bloglines Bookmark.it Ask Diggita Spurl Wink LinkaGoGo

प्रेम दुई तरीकाको हुन्छ । सी. एस. लेविसले प्रेमलाई दुई भागमा बिभाजन गर्नु भएको छ एक जरुरतमंद प्रेम र अर्को उपहार प्रेम । जरुरतमंद प्रेम अर्को ब्यक्तिमा निर्भर हुन्छ जुन अपरिपक्व प्रेम हो । वास्तवमा यो प्रेम होइन एउटा केवल आबश्यकता मात्र हो । हामी अर्को ब्यक्तिलाई केवल साधनको जस्तो प्रयोग मात्र गर्दछै । हामी शोषण, चालवाजी, अनि अधिकार जमाउन कोशिस गर्दछै । हामी उसलाई सानो जस्तो ब्यावाहार गरेर, उसको ब्यक्तित्वमा आफ्नो अधिकार जमाएर, उसलाई वशमा राखेर उसलाई साधनको जस्तो उपभोग गर्ने मात्र कोशीस गर्दछै । उ पनि हामीसंग प्रेमको नाटक गरेर हामो शोषण गर्दछ । दोस्सो मानिसलाई आफ्नो हितमा प्रयोग गर्नु प्रेम होइन । यो प्रेम जस्तो देखीए पनि यो त धोका मात्र हो । तर प्रायः निन्यानबे प्रतिशत मानिसहरुको प्रेम यस्तै मात्र हुन्छ किनकी प्रेम को पहिलो पाठ नै हामी बचपनमा सिक्दछै ।

जब बच्चाले जन्म लिन्छ उ आफ्नो आमामा निर्भर रहन्छ । आमा संग उसको प्रेम एउटा जरुरतमंद प्रेम मात्र हो । बच्चालाई वाच्नको लागी आमाको आवश्यकता पर्दछ उ आमा बिना जिवित रहन सक्दैन । बस्तुतः यो प्रेम जस्तो देखीए पनि यो प्रेम होइन, वच्चा कुनै पनि स्त्री संग प्रेम गर्न सक्छ जसले उसको रक्षा गर्दछ । जुन कुनै संग पनि जसले उसलाई बाच्नमा सहयोग पुर्याउदछ जसले उसको आवश्यकताको पुर्ति गर्दछ । आमा उसको लागी एक पकारको आहार हो उसले यो पनि बुज्दछकी आमा वाट दुधको साथ साथै प्रेम पनि पाउछ यो पनि उसको लागी एक पकारको आहार हो ।

लाखैं ब्यक्ति आफ्नो पुरै जिन्दगी वच्चा भएर गुजारदछन् । उनिहरु कहिल्यै ठूलो हुन सक्दैनन् । उनिहरुको उमेर वढदछ तर मन वदलिदैन् । उनिहरुको मानसिकता वचपनले भरिएको हुन्छ उनिहरु अपरिपक्क हुन्छन । उनिहरु केवल प्रेमको भोका मात्र हुन्छन । उनिहरु प्रेम पाउनको लागी एकदम आतुर रहन्छन जस्तो की भोजन पाउन ।

मानिस जुन वेला जरुरत वाट हटेर प्रेम गर्न थाल्दछ त्यही बेला उ परिपक्व बन्दछ । उ नाचन थाल्दछ, उ वाढन थाल्दछ, उ दिन थाल्दछ । अव उसको ध्यान अर्को दिशामा केन्दित हुन्छ । पहिला उ पाउनका जोर दिन्थो भने अव कसरी कसलाई बिना शर्त धेरै भन्दा धेरै दिउ । यो विकास यो परिपक्ता उसमा आउछ ।

एउटा परिपक्व मानिस मात्र दिन सक्छ किनकी परिपक्क मानिसमा मात्र अरुलाई दिनको लागी केही हुन्छ । परिपक्क अवश्थामा पेम कसैमा निर्भर रहदैन, हामी मात्र पेम गरीरहन सिक्दछै चाहे अरु हामीलाई प्रेम गरोस वा नगरोस । त्यसपछि प्रेम एउटा संम्वध मात्र रहदैन यो त एक स्थिति बन्छ ।

Osho
The Tantra Bijak

del.icio.us Reddit Slashdot Digg Facebook Google Windows Live Furl Yahoo Bloglines Bookmark.it Ask Diggita Spurl Wink LinkaGoGo

स्वतंत्रता र अनुशासन एक अर्काको बिपरीत र पुरक पनि हुन । रक्षा प्रणाली को उद्देश्य हो स्वतंत्रताको कवज । तर के सुरक्षा मा स्वतंत्रता हुन्छ । के सैनिको कुनै स्वतंत्रता छ ? होइन उनिहरु नियममा वाधिएका छन् । उनिहरुलाई यदी वाँया कदम उठाउन आदेश दिइएको छ भने उनिहरु कुनैपनि मुल्यमा दाँया कदम उठाउन सक्दैनन् । उनिहरुको कमद एकदम निष्चित हुन्छ उनिहरु स्वभाविक चाल पनि चल्न सक्दैनन् । यो रक्षा मा विलकुलै कुनै स्वतंत्रता छैन । जसको स्वयं आफ्नो बिल्कुल कुनै स्वतत्रता छैन उनिहरु नै देशको स्वतत्रताको रक्षा गर्दछन् ! यस्तै गरी प्रहरीहरु पनि ब्यक्तिको स्वतत्रताको रक्षा गर्दछन् तर उनिहरु स्वतंत्र छन् र ? अनुशासनले स्वतंत्राको रक्षा गर्दछ । यो दुवै साथ साथै चल्दछन् । यसलाई वुझेर जिवनमा अगाडि बढनु रामो हुन्छ । हामीलाई कुनै नियम कानुनको पालना गर्न पर्न सक्दछ आखिरमा त्यो नियम कानुनले नै हामो रक्षा गर्दछ । यो हामीमा निहीत छ हामी आफ्नो ध्यान स्वतंत्रामा दिन्छै वा अनुशानमा यसले नै हामीलाई सुखी अथवा दुखी वनाउने कुराको निर्धारणा गर्दछ। अनुशासन हीन स्वत्रतता सेना विहीन राष्ट समान छ ।चैकिल्ला लाई आफ्नो ठाउमानै राहन देउ यसलाई सवै जमिनमा चैकिल्ला वनाउन सकिदैन । यदी हामो चैकिल्ला नै चारै तिर फैलिएको छ भने घर काहा बन्न सक्छ । पुर्णा स्वतत्राको अवस्था कठिन छ यो ब्यवहारिक पनि हुन सक्दैन् । हो एउटा परम आन्नदको अवस्था छ जसको वर्णान अद्धैतवादमा गरीएको छ । तर अद्धैत ज्ञानको या दुरुपयोग गरीएको छ अथवा मानिसले आफ्नो धारणा वढाउन वा आफ्नो सुविधा अनुसार यसलाई प्रयोग गरेका छन् । मन मा सजगता हदयमा प्रम र कर्ममा पवित्रता हुनु आवश्यक छ । प्रम र भय दु संम्भावनाहरु छन जसले हामीलाई वाटो मा राख्दछ । कुनै धर्ममा भय द्धारा अनुशासनमा राख्ने शिक्षा दिइन्छ । कुनै एक खासवेलामा प्रकृति वच्चामा भयको भावना ल्याउदछ । यस भय भन्दा पहीला बच्चा मा आमाको शत-प्रतिशत माया र समय मिल्दछ त्यसैले बच्चाको मनमा भय हुदैन । जसरी वच्चा ठूलो हुदै जान्छ आत्मनिर्भर पनि हुदै जान्छ र उ सावधान पनि हुन थाल्दछ । प्रकृतीले सानै भएको भावनाले उसलाई जगाउददछ। स्वत्तत्रताको साथ बच्चा आफ्नो कमद पनि सावधानी पूर्वक अगाडी वढाउछ।

स्वतंतता गुम्ने भयले नै सुरक्षाको इच्छा जगाउछ। सुरक्षाको उद्देश्य हो भय वाट टाढा राख्नु । यो पथमा ज्ञान नै हामो सुरक्षा र स्वत्रतता पनि हो ।

- By Ravi Shankar

del.icio.us Reddit Slashdot Digg Facebook Google Windows Live Furl Yahoo Bloglines Bookmark.it Ask Diggita Spurl Wink LinkaGoGo

आजभन्दा करिब २ हजार वर्षपूर्व उज्ज्यैन भारतवर्षो राजधानी थियो । त्यस बेलाका दई प्रतापी दाजुभाई राजा बिक्रमादित्य र राजा भतृहरि आज पनि हिन्दूजगतमा प्रसिद्ध छन् । यी दुबै मालवानरेश गर्न्धर्व सेनका पूत्र थिए । राजा भतृहरि जेठा र बिक्रमादित्य कान्छा थिए । बिक्रमादित्य सानै देखि अनुशासनप्रिय, नियमनिष्ठ र विवेकशील थिए तर भतृहरि संस्कृतका विद्वान, दाशर्निक,भावुक, सज्जन, काव्य हृदयका रसिक र स्वच्छद् प्रकृतिका थिए । राजपाठका लागि आवश्यक सबै गुण बिक्रमादित्यमा देखेकाले राजा गर्न्धर्व सेनले उनलाई नै राज्याभिषेक गरी राजकाज दिन चाहान्थे । तर बिक्रमादित्यले पिताको यो निर्णयलाई नीतिविपरित भनी स्विकार गरेनन् र भतृहरिलाई राजपद दिन लगाए । भतृहरिपनि आफ्ना कान्छा भाईलाई अत्यन्त विश्वास र स्नेह गर्थे, उनले भाई बिक्रमादित्यलाई प्रधानमन्त्री बनाई राजकाजको सारा जिम्मेवारी जिम्मा लगाई आफ्नो स्वभाव अनुसार सौर्न्दर्य र काव्यरसभोगमा डुब्थे ।  भतृहरिकी दई सुन्दर पत्नि थिए । तरपनि रूप लावण्य परिपुर्ण किशोरी पिङ्गलालाई देखेपछि उनले तेस्रो विवाह गर्ने निर्णय गरे । पिङ्गला अत्यन्त रूपवती हुनुका साथै धुर्त र चलाक थिई । प्रौढावस्थामा विवाहित कान्छी श्रीमती त्यसैपनि प्यारी हुन्छे, सौर्न्दर्यता, चलाखिपनको पासमा बाधिएका भावुक हृदयका भतृहरिलाई सजिलै कटपुतली बनाई पिङ्गलाले आफू खुसी राजकाजका निर्णय राजाबाट गराउन थाली । पिङ्गलाका कतिपय निर्णय नीति विपरित हुन्थे र त्यो बिक्रमादित्यलाई असह्य हुन्थ्यो । रानी पिङ्गला जति रूपवती र चलाख थिई त्यति कै चरित्रहीन र धोकेवाज थिई । राजा भतृहरिलाई आफ्नो रूपमा गुलाम बनाईसकेर पनि उसलाई सन्तोष भएन । बिक्रमादित्यलाई पनि आफ्नो रूपपासमा बाधेर आफ्नो गुलाम बनाउन ऊ चाहान्थी । बिक्रमादित्य चरित्रवान् भएकाले त्यसमा उ असफल भई । तर राज्यका अश्वशाला प्रमुख अत्यन्त वलिष्ठ तथा कामकलामा अति निपुर्ण युवा चन्द्रचुर पिङ्गलाको शिकार बन्न पुगे । चन्द्रचुरको कामशक्तिबाट मोहित पिङ्गला राजासंग भने प्रेम र र्समर्पणको स्वाङ्ग रच्थी तर उसको र्सवस्व भने चन्द्रचुर मै निछावर थियो । कवि रहिमको पद छ, ‘खैर, खुन, खासी, खुसी, वैर, प्रीत, मधुपान रहिमन दावे ना दवे जानत सकल जहां  -पानको कथ्था, हत्या, खोकी, आनन्द, दुश्मनी, प्रेम, मद्यपान यी कुराहरू जति दबाएपनि दब्दैनन्, संसारले यसका बारेमा थाहा पाइहाल्छ ।) यो कथन अनुरूप चन्द्रचुर र पिङ्गलाको प्रेमपनि धेरै दिन लुक्न सकेन । सबैभन्दा पहिले यसको भनक बिक्रमादित्यलाई भयो । भाउजुको कुकृत्यबाट उनी पहिलेदेखिनै दुखी थिए । तर अब परिवारको प्रतिष्ठा नै गुम्ने स्थिति आएपछि बिक्रमादित्यलाई असह्य वेदना भयो । दाजु उसको रूपजालमा पुर्णरूपले मोहित भएकाले यो कुरा दाजु भतृहरिलाई कसरी बुझाउने भन्ने चिन्ताले उनी ग्रस्त भए । पिङ्गलापनि अति चलाख भएकीले आफ्नो अवैध सम्बन्धको बारेमा बिक्रमादित्यले चाल पाईसकेको उसले थाहा पाई र आफ्नो सुरक्षाका लागि राजा भतृहर्रि्रति अरु स्नेह र प्रेमको नाटक रच्न थाली मानौं ऊ भतृहरि बिना एकपल पनि बाच्न सक्दिन । सहवासका क्षणमा स्त्रीले लट्ठ परेको पुरुषको कानमा जे भर्छ यो पुरुषको ह्रदयले सोझै स्विकार गर्छ । यस्तै क्षणहरूमा पिङ्गलाले पनि भतृहरिलाई बिक्रमादित्यका विरुद्धमा नानाथरीका कुरा लगाउन थाली - बिक्रमादित्यको चरित्र राम्रो छैन्, आमा सरह म भाउजुप्रतिपनि उनको कुदृष्टि छ साथै यस नगरसेठकी भरखरै बिहे गरेकी बुहारीप्रति पनि उसको दृष्टि राम्रो छैन । अलिकति आफ्नो भाईमा पनि नजर राख्नुहोला । उसले त हाम्रो राजवंशको इज्जतै माटोमा मेटाउन थाल्यो, इत्यादि, इत्यादि ।सहवासका मदहोस क्षणमा सुनिएका यी शब्दहरू कवि ह्रदयी भतृहरिको अचेतनमा गएर बसे ।एकदिन खप्न नसकी मौका छोपेर बिक्रमादित्यले भाउजुको कुकृत्यको बारेमा भतृहरिलाई सचेत गराउने चेष्टा गरे, ‘दाजु, तपाईं भाउजुलाई अत्यन्त विश्वास गर्नुहुन्छ तर मैले उहाको चरित्रको बारेमा केही शंकास्पद कुराहरू देखिरहेको छु ।पिङ्गलाबाट सुनेको कुराले सम्मोहित भतृहरि एकदम रिसाए र केही सुन्नै नखोजी उनले हप्काए, बिक्रमादित्यमैले सबै बुझेको छु, तिमीले किन देवीसरह पिङ्गलाको बारेमा यस्ता अपशब्द बोल्दैछौं । मेरो नजरबाट हटिहाल, मेरो रिसको कोपमा पर्यौं भने राम्रो हुनेछैन ।जति बुझाउन खोजेपनि भतृहरिले उनको कुरा सुन्न मानेनन् अझ उग्र भए । भविष्यमा हुने ठूलो दुरघटनाको आशंकाले चिन्तित उनी भतृहरिको कोठाबाट बाहिरिए । पिङ्गलाले नगरसेठलाई बोलाई एक षडयन्त्र रच्दै भनीमेरो योजनाअनुसार काम गरे राज्यबाट अनेक सहयोग पाउछौ नत्र सारा परिवार नष्ट गरिदिन्छुभनी भयानक धम्की दिई । नगरसेठलाई थाहा थियो राजा भतृहरि पिङ्गलाको औलाको इसारामा नाच्छन् र उसको कुरा नमाने ठूलो विपत्ति आइलाग्ने निश्चित छ । यही डरले नगरसेठ रानीले भनेअनुसार गर्न तयार भए । अर्को दिन नगरसेठले राजाको दरबार मै आएर न्यायको गुहार माग्न थाले । राजाले के अन्याय भयो भनेर सोध्दा सेठले भने, ‘तपाईंको भाई बिक्रमादित्य हाम्रो परिवारले भरखरै भियभयाएकी हाम्री बुहारीप्रति आसक्त छन् र उसलाई फकाउन अनेक दूत र दासी पठाइरहन्छन् । हामीले प्रतिरोध गरे हाम्रो ज्यान लिने धम्की पठाउछन् । न्याय पाउ महाराजयो सुनी भतृहरि रिसले बले र उनले बिक्रमादित्यलाई बोलाईतिमी मेरो प्रिय भाई भएकोले ज्यान बक्स दिन्छु तर मेरो राज्यसीमाबाट बाहिर गइहालभनी आदेश दिए । बिक्रमादित्यले सत्य बुझाउने प्रयास गरे । तर काममा अन्धो भतृहरिले केही सुन्न चाहेनन् । यो देखी बिक्रमादित्यले भने, ‘एकदिन यो अन्यायको लागि तपाईंले धेरै पछुताउनु पर्नेछ र मलाई यादगरी धेरै रुनुपनि पर्नेछ । म परमात्मासंग परर्थना गर्छुकी तपाईंको मंगल होस् र छिटै सद्बुद्धि पनि आवोस् ।यति भनी उनी दरबारबाट बाहिरिए र वनमा गई तपस्या गर्न थाले ।  अब रानी पिंगलाको प्रत्यक्ष शासन चल्न थाल्यो । यसरी केही केही वर्षबिते । सोहि राज्यका एक गरिब ब्राह्मण एकपटक आफ्नो इष्टदेवलाई सिद्ध गर्न घनघोर तपस्या गरिरहेको थिए । कथा छ कि उनको तपस्याबाट प्रसन्न भई उनका इष्टदेवले उनलाई दर्शन दिएर भने, तिमो तपस्याबाट म प्रसन्न छु । म तिमीलाई यो सतायु फल दिंदैछु । यो फल खाएपछि तिमी सय वर्षम्म तिमी युवा र स्वस्थ बाच्नेछौ ।ति ब्राह्मणले सोचे, ‘म गरिबले सयबर्षम्म बाचेर के गर्ने - बरु यो फल राजालाई दिए भने उनले सयवर्षआयुसम्म राजकाज चलाउनेछन् र भोग गर्नेछन् अनि प्रसन्न भएभने मलाई पनि केही धन पनि दिनेछन् जसबाट मेरो व्यवहार पनि चल्नेछ ।यही सोची त्यो फल लिई राजा कहा आइपुगे । राजा भतृहरि त्यो गरिब ब्राह्मणको आफुप्रतिको प्रेम र भक्ति देखी अति प्रसन्न भए र उसलाई अथोचित्त दान दिई बिदा गरे । राजाले सोचे, ‘यो फल मैले आफै खानु सट्टा आफ्नी प्राण प्यारी रानी पिंगलालाई दिए भने उनको सौर्न्दर्यता सधै नुतन रहिरहन्छ र म उनीसग सयवर्षम्म भोग गर्न सक्छु ।यही सोची त्यो फल लिएर उनी रनीवास तिर लागे र रानीलाई फल दिई सबै वृत्तान्त सुनाए । रानी पिङ्गलाले नखरा गर्दै भन्न थालिन्, ‘प्राणनाथ यो त तपाईंले नै खानर्ुपर्छ ।तर राजाको अतिआग्रहपछि पिङ्गलाले भनी, ‘यो देवताको फल त्यतिकै खानु हुदैन, म नुहाएर पूजा गरी पवित्र भएर यो फल ग्रहण गर्नेछु, तपाईं निश्चिन्त भएर आफ्नो राजकाज गर्नुहोस ।राजा कोठीबाट बाहिरिनै बित्तिकै पिङ्गलाको मनमा अर्को विचार आयो र उसले आफ्नो गुप्तप्रेमी चन्द्रचुरलाई बोलाउन पर्ठाई र उसलाई अलिङ्गगनमा भर्दै त्यो सतायु फलको बारेमा बताई र भनी, ‘यो फल तिमी खाउ र लामो समयसम्म मलाई यसरी नै प्रचण्डवेगले कामतृप्ति गर्राईराख ।चन्द्रचुर त्यो सतायु फल लिएर घर आइपुगे । चन्द्रचुरको ह्रदय उज्जयनकी अति सुन्दरी नगरवधु रूपलेखाप्रति अतिशय आसक्त थियो । उनले सोचे, ‘यदि यो फल मैले रूपलेखालाई दिए भने उसको यौवन सयवर्षम्म यस्तै आर्कषक भइरहन्छ र म उनको शरीरको भोग गरिरहन पाउछु ।यो सोची उनी रूपलेखाको नाट्यशालामा आइपुगे र उसलाई भने, ‘अहिलेसम्म मैले तिमीलाई केही बहुमूल्य उपहार दिनसकेको छैन आज त्रि्रो लागि मैले अमूल्य उपहार लिएर आएको छुयति भन्दै सतायु फलकोबारेमा बताउदै उसलाई दिए । रूपलेखा त्यो फल पाएर खुसी भई र उसले भनी, ‘म यो फल भोलि बिहान नुहाएर चोखो भएर खानेछु ।तर राति उसका मनमा अनेक विचार खेल्न थाले, ‘कुन जन्म पापले यस जन्ममा मलाई अनेक पुरुषसंग सहवास गरिरहनु परेको छ, अब म सयवर्षम्म जवानै भइरहें भने आज जुन पुरुषले भोग्छ भोलि उसको छोरा र पर्सि उसको नातिले पनि आएर मलाई भोग्नेछन् । अब यो अधम शरीरलाई अझ जवान बनाएर पापै मात्रै किन कमाउनु -’ एकचोटि उसले सोचि यो फल फालिदिउ तर मनमनै उसको राजा भतृहरि प्रति गहिरो आसक्ति थियो । प्रेमी राजा भतृहरिको सौर्न्दर्य, काव्यप्रेम र विद्वताबाट उ अत्यन्त प्रभावित थिई ।यदि यो फल खाएर राजा सयवर्षम्म बाचे भने मलाई पनि उनले प्रसन्न राख्नेछन् र राज्यको पनि कुशल संचालन गर्नेछन् र यो फल मैले उनलाई दिएभने म उनको विशेष कृपापात्र हुनेछु ।यो सोच्दै उ राजमहल गई । रूपलेखाको नृत्य, संगीत र सौर्न्दर्यको भतृहरि ठूलो प्रशंसक थिए त्यसकारण उसलाई राजालाई एकान्तमा

del.icio.us Reddit Slashdot Digg Facebook Google Windows Live Furl Yahoo Bloglines Bookmark.it Ask Diggita Spurl Wink LinkaGoGo

Categories